गर्लफ्रेन्डका भाइले हाले धनाढ्य बेजोसबिरुद्ध मुद्धा

गर्लफ्रेन्डका भाइले हाले धनाढ्य बेजोसबिरुद्ध मुद्धा


सन–फ्रान्सिस्को – अमेजनका संस्थापक जेफ बेजोसकी गर्लफ्रेन्ड लरेन सांचेजका भाइ माइकल सांचेजले बेजोसको बिरुद्ध मानहानीको मुद्धा दर्ता गराएका छन् । बेजोसले लरेनसँगको उनको तस्बिर तथा मेसेज माइकलले चुहाएको आरोप लगाएका थिए ।

माइकलले यो आरोपलाई गलत भएको बताएका छन् । आरोपका कारण आफ्नो बदनामी भएको माइकलले बताएका छन् । उनको घरमा एफबीआईले छापा पनि मारेको छ ।

यसै कारणले छिमेकीका सामु आफ्नो छवी खराब भएको उनले बताए । अमेरिकी म्यागेजिन नेशनल इनक्वायररले गत वर्ष जनवारीमा बेजोस तथा लरेनको तस्बिरसँगै उनको अफेयरको खुलासा गरेको थियो ।

जब बेजोस र लरेनको तस्बिर लीक भएको थियो उक्त समयमा एक जिम्मेवार भाइ र मेनेजरको भूमिका आपूmले निर्वाहा गरिरहेको माइकलले बताए । लीकको घटनामा आफ्नो हात नभएको उनले बताए ।

गत साता वाल स्ट्रिट जर्नलले माइकललाई नेशनल इन्क्वायररबाट २ लाख डलर प्राप्त भएको समाचार प्रकाशित गरेको थियो । सरकारी वकलिसँग लरेनले आफ्ना भाइ माइकललाई मेसेज उपलब्ध गराएको प्रमाण आफूसँग भएको बताएका छन् ।

लरेनले बेजोसको बिरुद्धको मुद्धा आधारहीन भएको बताएकी छन् । बेजोसको फोटा लीक मामिलामा २ साता पहिले यस्तो मोड आयो, जब बेलायतको अखबार द गार्जियनले बेजोसेको फोन ह्याक गर्नुमा साउदी अरबका युवराज मोहम्मद बिन सलमानको हात हुन सक्ने समाचार प्रकाशित गरेको थियो । यद्यपि साउदी अरबले यो आरोप अस्वीकार गरेको छ ।

विश्वकै धनी जेफ बेजोसका पूर्व पत्नी म्याकेन्जीले गत वर्ष सम्बन्ध विच्छेद गरेकि थिइन् । नेशनल इनक्वायररले भनेको थियो कि लरेनसँग सम्बन्धमा रहेका कारण बेजोसले सम्बन्ध विच्छेदको फैसला लिएका थिए । यसपछि बेजोसले नेशनल इनक्वायररमाथि ब्ल्याकमेल तथा उत्पीडनको आरोप लगाएका थिए ।