वालिका बलात्कारपछि हत्या प्रकरण : हत्यारा पत्ता नलगाएको भन्दै कञ्चनपुर बजार पूर्णरुपमा बन्द

भीमदत्तनगर - कञ्चनपुरकी तेह्र वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासीले मंगलबार भीमदत्तनगर बजार बन्द गराएका छन् । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तबारे जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । बागफाँटाका विष्ट मानसिक अवस्था…