एक लाख घुससहित प्रहरी हवल्दार सुदामा पक्राउ

बारा - घुस रकम लिंदैगर्दा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार सुदामा हजरा पक्राउ परेका छन् । नेपालबाट उत्पादित पान, मसालाजन्य पदार्थहरु विभिन्न ठाउँमा पठाउन सहज गराईदिने बाहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा, मकवानपुरबाट खटिएको टोलीले एक लाख रुपैंया घुस लिंदैगर्दा रंगेहात पक्राउ गरेको हो…