नुवाकोटमा दुई फरार अभियुक्त पक्राउ

नुवाकोट - विभिन्न अपराधमा संलग्न भई फरार रहेका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।  कर्तव्य ज्यान मुद्दामा अदालतबाट फैसला भएर फरार किस्पाङ गाउँपालिका–१ भाल्चेका चन्द्रबहादुर तामाङलाई प्रहरीले विदुर–४ सिमचौरबाट पक्राउ गरी जिल्ला अदालत पेश गरेको हो । अदालतको फैसलानुसार कारागार चलान गर्न आदेश दिइएपछि तामाङलाई जिल्ला कारागार पठाइएको प्रहरी उपरीक्षक वसन्तबहादुर…