डिएसपी सञ्जयलाई थुनामै राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं– उच्च अदालत विराटनगरले सुन तस्करी र संगठित अपराधका अभियुक्त डिएसपी सञ्जयबहादुर राउतलाई थुनामै राखेर कारवाही अघि बढाउन आदेश दिएको छ। न्यायाधीश थीरबहादुर कार्की र हरिप्रसाद भण्डारीको संयुक्त इजलासले जिल्ला अदालत मोरङकै आदेशलाई सदर गरेको हो। डिएसपी राउतलगायतका अभियुक्तहरुले पुर्पक्षका लागि थुनामा नराखी साधारण तारेखमा रिहा गरेर मुद्दाको पुर्पक्ष गरिपाउँ भन्दै निवेदन दिएका थिए। अदालती…