गोइत समूहले लियो विराटनगर बम विस्फोटको जिम्मा

काठमाडौं - विराटनगर महानगरपालिकाको कार्यालयमा आइतबार दिउँसो भएको बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले लिएको छ । मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति जारी गर्दै सो विस्फोट आफूहरुले गराएको दाबी गरेका हुन् । उनले आफनो संगठन सप्तरी र सिरहा जिल्लामा मात्र सीमित नरहेको जानकारी दिन तथा बन्दुकको बलमा गरिएको तीन तहको निर्वाचनले निरंकुश शासनको…