बर्दिवास - महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–६ जमुनियाँमा शुक्रबार राति डकैती भएको छ । सो बस्तीका अर्जुन भुजेलको घरमा शुक्रबार मध्यरातको समयमा २०-२२ जनाको समूहमा पुगेका हतियारधारी डाँकाले बन्दूक र खुकुरी चलाएर पाँच जनालाई घाइते बनाएर १० लाखभन्दा बढी मूल्यको धनमाल लुटेर लगेका पीडित परिवारले बताएका छन् । मध्यरातको समयमा पुगेका डाँकाले घरधनी अर्जुन भुजेल सुतेका…