नागरिक उड्डयन ऐनमा नियामक र सेवा प्रदायक निकाय छुट्याउन पूर्वपर्यटनमन्त्रीहरूको सुझाव

काठमाण्डु - पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीहरूले प्रस्तावित नागरिक उड्डयन ऐनमा नियामक निकाय र सेवा प्रदायक निकाय अलग अलग राख्न सुझाव दिएका छन् । सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शुक्रबार पूर्वपर्यटन मन्त्रीहरुसँग गरेको छलफलमा नेपाल नागरिक उड्डयन ऐनमा नियामक निकाय र सेवा प्रदायक निकायहरू एक साथ राख्न नहुने सुझाव पूर्वपर्यटनमन्त्रीहरूले दिएका हुन् ।…