काठमाण्डु-महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा प्रभातफेरी कार्यक्रम भएको छ । पशुपति क्षेत्र विकास कोषले सोमबार गरेको प्रभातफेरीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, राज्यमन्त्री अरुण चौधरी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, कोषका पदाधिकारी, संस्कृत विद्याश्रमका विद्यार्थी, गुरुवर्ग र स्थानीयको सहभागिता थियो । पशुपतिको मूलढोकाबाट निस्केको प्रभातफेरि पिंगलास्थान, गौशाला र जयबागेश्वरी हुँदै मन्दिर…