काठमाण्डु-आज हरितालिका तीज मनाइँदै छ । यस पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ । आज बिहानैदेखि झमझम पानी परिरहेको छ । पानी परेपछि तीजको रौनक केही कम भए पनि श्रद्धालुहरू छाता ओडेरै पशुपतिनाथमा पुगेका छन् । त्यस्तै पानी नरोकिए पनि उनीहरू नाँचगानमा रमाइरहेका देखिन्छन् । पशुपतिनाथका चारवटै ढोका बिहान ३ बजेदेखि नै…