मुम्बई– अभिषेक बच्चन र ऐश्वर्या रायको जोडी ८ वर्षपछि फिल्मी पर्दामा देखिने भएको छ। रियल लाइफमै दम्पत्ती रहेको यो जोडी ८ वर्षपछि अनुराग कश्यपको ‘गुलाब–जामुन’मा पर्दामा एकसाथ देखिन लागेको हो। दुबैले मणिरत्नमको फिल्म ‘रावण’ मा २०१० मा सँगै काम गरेका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार ‘गुलाब–जामुन’मा काम गर्ने खबरलाई अभिषेक र ऐश्वर्या दुबैले पुष्टि गरेका छन्।…