म्युजिकल्ली क्विन रेश्मा घिमिरे

काठमाडौं -सामाजिक सञ्जालमा यतिबेला म्युजिकल्लीको ठूलो चर्चा छ । आफ्नो रोजाइका गीत तथा संवादमा अभिनय तथा नृत्य गरेर म्युजिकल्ली एप्समा अपलोड गरेपछि त्यसलाई फेसबुकदेखि इन्स्टाग्रामसम्म शेयर गर्न मिल्छ । अहिले यो एप्समा सक्रिय हुनेहरूमा अभिनेता, अभिनेत्रीदेखि डाक्टर–नर्सहरूसम्म छन् । तिनै प्रयोगकर्ता मध्येकी एक हुन् रेश्मा घिमिरे, जसले हालै म्युजिकल्ली क्विनको उपाधि पाएकी छिन् । रेश्माले…