बेलायतमा स्नातकोत्तर अध्ययन गर्न १३ नेपालीले पाए पूर्ण छात्रवृत्ति

काठमाण्डु– संयुक्त अधिराज्यको  राजदूतावासले यस वर्ष बेलायतका विश्वविद्यालयहरूमा पूर्ण अनुदान प्राप्त स्नातकोत्तर तह अध्ययन गर्ने १३ नेपाली (६ पुरुष/७ महिला) लाई बिदाइ गरेको छ । बुधबार नेपालका लागि बेलायती राजदूत रोब फेनले यस वर्षको समूहलाई बिदाइ गर्ने र गत वर्षको समूहलाई पुनरागमन गर्ने कार्यक्रममा स्वागत गर्दै आफ्नो देशले यस्तो सहयोग गर्न पाउँदा गर्व महसुस भएको…