काठमाण्डु- भक्तपुरको दुवाकोटस्थित काठमाण्डु मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुको आन्दोलन जारी छ । कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले एक महिनादेखि आन्दोलन जारी राखेका हुन् । कलेजले अतिरिक्त शुल्क नतिरेका विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको छ । अतिरिक्त शुल्क बुझाएका १३ जनाले भने पढ्न सुरु गरेका छन् । जसमा एमबीबीएसतर्फ ६ र बीडीएसतर्फ सातजना छन् ।…