शिक्षक महासंघद्वारा देशव्यापी आन्दोलनको घोषणा

काठमाण्डु – नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको छ । माघ १६ र १७ गते बसेको महासंघको तेस्रो पूर्ण राष्ट्रिय बैठकपछि आन्दोलनको घोषणा गरिएको छ । बिहीबार बैठकपछि आयोजित पत्रकार सम्मेलनमार्फत पहिलो चरणको आन्दोलनबारे जानकारी दिइएको छ । आन्दोलनका कार्यक्रमअन्तर्गत माघ २० गते सबै शिक्षक कर्मचारीले फेसबूक वालमा आयतकार रातो स्टिकर प्रयोग गरी ‘२०८१ को…