काठमाण्डु-२०८१ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा समावेश हुने विद्यार्थीको लागि परीक्षा फारम खुलेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सूचना जारी गर्दै आगामी माघ १२ गतेसम्म परीक्षार्थीले फारम भर्न म्याद दिएको छ । माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धार तर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाईसमेत फारम…