निषेधाज्ञा खुलेपछि अब सर्वसाधारणले के गर्नुपर्छ ?

डा. रवीन्द्र पाण्डे काठमाण्डु – सरकारले काठमाण्डु उपत्यकामा भोलि बिहीबारदेखि लागु हुने गरी निषेधाज्ञा खुकुलो बनाएको छ । यो निर्णय आमजनताको पक्षमा छ । हामीले बुझ्नुपर्छ कि निषेधाज्ञा खुकुलो बनाएको कोरोना संक्रमण घटेर होइन । आमजनतालाई आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक भार परेको कारण निषेधाज्ञा खुकुलो भएको हो । सरकारले बल हाम्रो हातमा दिएको छ ।…