जुम्लामा दुई हजार विद्यार्थीको क्षयरोग परीक्षण

जुम्ला - जुम्लाका पाँच विद्यालयका दुई हजार ५४० विद्यार्थीले क्षयरोगसम्बन्धी उपचार पाएका छन् । कर्णाली मावि अनामनगर, चन्दननाथ नमूना मावि खलङ्गा बजार, रत्नचुण्डेश्वर मावि बोहोरागाउँ, जनता प्राविधिक मावि महतगाउँ र जनज्योति मावि बारकोटे वाडाका विद्यार्थीले क्षयरोगसम्बन्धी उपचार पाएका हुन् । कर्णाली मावि अनामनगरका ७००, चन्दननाथ नमूना माविका ९००, रत्नचुण्डेश्वर मावि बोहोरागाउँका १७०, जनता प्राविधिक माविका…