रुकुम - उपचारको क्रममा बिरामीको मृत्यु भएपछि रुकुम पश्चिमको राप्ती समाज अस्पतालमा तोडफोड भएको छ । मुसीकोट नगरपालिका–१, सल्लेमा रहेको अस्पतालमा मृतकका आफन्तले ढुङ्गा प्रहार गरेका हुन् । त्रिवेणि गाउँपालिका–९, का वडा सदस्य समेत रहेका २७ वर्षीय कमल रावलको सोमबार बिहान राप्ती समाज अस्पतालमा मृत्यु भएको थियो । डाक्टरको लापरबाहीको कारण बिरामीको मृत्यु भएको भन्दै…