लेखराज भट्टको पहलमा प्रधानमन्त्रीले शिलान्यास गरे सहजपुर-बोगटान सडक

डोटी–प्रधानमन्त्री केपी शर्मा ओलीले सहजपुर–बोगटान सडक कालोपत्रको शिलान्यास गरेका छन्। डोटीको बिपिनगरमा मंगलबार आयोजना गरिएको सो सडक शिलान्यास समारोहमा प्रधानमन्त्री ओलीले बोगटानलगायत समग्र डोटेली जनताका सुखका दिन आएको बताए। ‘अब तपाईंहरुको घरछेउमै पिच सडक हुनेछ, आफूले सक्ने खालको व्यवसाय गर्नुहोस्, व्यापारी तपार्इंकै घरमा पुग्नेछन्,’ उनले भने। प्रधानमन्त्री ओलीले अहिलेको सरकार ५ वर्षसम्मका लागि भएकाले विकासका…