कोशीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढ्याे : प्रधानमन्त्री ओली

मिक्लाजुङ- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक हरेक दिन एक कदम अघि बढिरहेको बताएका छन्। पूर्वी नेपालका चार जिल्ला जोड्ने भेँडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई सुगम र उज्यालो बनाउन दैनिक रूपमा काम हुँदै आएको बताए। “मेचीदेखि महाकालीसम्म सबैतिर सुगम सडक पुग्दैछ, बिजुलीबाट…