पुनः निर्माणको खर्च पारदर्शी रुपमा हुनुपर्छ : अर्थमन्त्री खतिवडा

काठमाडौँ - अर्थमन्त्री डा युवराज खतिवडाले दाताबाट ऋण लिएर भूकम्पपीडितलाई निजी आवास पुनःनिर्माणका लागि अनुदान दिइएकाले पारदर्शी रुपमा खर्च हुनुपर्ने बताएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणले आज आयोजना गरेको काठमाडौँको निजी आवास पुनःनिर्माणमा भइरहेको ढिलाइका विषयमा नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँगको गोष्ठी उद्घाटन गदै उनले सरकारले पहिलो प्राथमिकता निजी आवास पुनःनिर्माणलाई दिएको बताए…