बेइजिङमा भएको चीनसँगको पारवहन प्रोटोकल वार्तामा यस्ताे प्रगति, तेस्रो बैठक काठमाडौंमा हुने

काठमाडौं– चीनसँगको व्यापार तथा पारवहन सम्झौताको कार्यविधि (प्रोटोकल) लाई अन्तिम रूप दिन नेपाल सरकारद्वारा गठित टोलीले बुधबार चिनियाँ प्रतिनिधिमण्डलसँग बेइजिङमा वार्ता गरेको छ। उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे र चिनियाँ यातायात उपमन्त्री लिउ स्याउमिङ नेतृत्वको टोलीबीचको वार्तामा यातायात तथा पारवहन प्रोटोकललाई छिट्टै अन्तिम रूप दिने विषयमा गहन छलफल भएको चीनस्थित नेपाली दुतावासले…