काम नगर्ने ठेकेदारसँग सिडिओले लिए स्पष्टिकरण

ओखलढुंगा– जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले विकास निर्माणको ठेक्का लिएर अलपत्र छोड्ने ठेकेदारमाथि कारबाही शुरु गरेको छ। प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले ठेकेदार र कामको विवरण संकलन गरेर काम नगर्नेमाथि स्पष्टीकरण सोधिएको बताए। जिल्लाभरको विवरण अध्ययन गर्दा पाँच जना ठेकेदार कारवाहीको दायरामा देखिएकाले पहिलो चरणमा स्पष्टिकरण सोधिएको उनले बताए। काम तत्कालै नथाले दोस्रो चरणमा ठेक्का रद्ददेखि…