चिनीमा यूरिया मिसाएको पुष्टि, व्यवसायीविरुद्ध मुद्दा

खोटाङ– खोटाङमा एक व्यवसायीले चिनीमा यूरिया मिसिएको पुष्टि भएको छ। चिनीमा यूरिया मिसाएको रहस्य खुलेपछि खोटाङको दिक्तेलबजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मकेश्वर पाण्डेविरुद्ध मुद्दा दर्ता गरिएको छ। रासायनिक पदार्थ मिसावट भएको चिनी बिक्री गरेको भन्दै उपभोक्ताको गुनासो आएपछि सरकारी वकिलमार्फत प्रहरीले व्यवसायी पाण्डेविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको…