सशस्त्र र रेडियो नेपालबीच भाडामा किचलो

 ललितपुर - भाडाको विषयलाई लिएर सशस्त्र प्रहरी बल तथा रेडियो नेपालबीच मनमुटाव भएको छ। ललितपुर महानगरपालिको खुमलटार–१५ स्थित रेडियो नेपालको जग्गा सशस्त्र प्रहरी बलको दक्षिणकाली गणले ०६९ साल असारदेखि भाडामा लिए पनि पाँच वर्षयताको करोडौं रुपैयाँ बराबर भाडा दिन आनाकानी भइरहेको हो। रेडियो नेपालका सूचना अधिकारी बुद्धिबहादुर केसीले पाँच वर्षदेखिको भाडा नपाएको बताए। गणले २५…