सोल्टी र द्वारिकाजसहित ११ होटल, अस्पताल र उद्योगविरुद्ध मन्त्री लालबाबुकाे एक्सन

काठमाडौं– जनसंख्या तथा वातावरण मन्त्री एक्सनमा उत्रिएका छन्। ३ फागुनमा गठित सरकारका मन्त्री बनेका पण्डितले मापदण्ड विपरीत सञ्चालन भएका ११ वटा होटल, अस्पताल तथा उद्योगलाई कारबाही गरेका हुन्। वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी संरचना निर्माण गरेका र कानूनको पालना नगरी सञ्चालन भएका होटल, अस्पताल र उद्योगलाई ५० हजारदेखि एक लाखसम्म जरिवाना गरिएको मन्त्री पण्डितले बताए।…