काठमाडौं– सर्वोच्च अदालतले विपद्को समयमा गुणस्तरहीन खाद्य सामग्री उपलब्ध गराउने विभिन्न अन्तर्राष्ट्रिय संस्थालाई कालोसूचीमा राखेर कारबाही गर्न आदेश दिएको छ। न्यायाधीश दीपकुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलाशले संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम, नेपाल रेडक्रस सोसाइटी, सेभ द चिल्ड्रेनसहित अन्य अन्तर्राट्रिय संस्थालाई कारबाही गर्न भनेको हो। भूकम्प, बाढी र अन्य विपत्तिको समयमा नेपालभित्र कार्यरत…