काठमाडौं–लक्ष्मी बैंकले सि–आस्बा सेवा सुरुवात गरेको छ । नेपाल धितोपत्र बोर्डबाट जारी निर्देशन बमोजिम शुक्रबारदेखी धितोपत्रको सार्वजनिक निष्काशन ( आईपीओ,एफपिओ र राइटसेयर)को दरखास्त अनिवार्य रुपमा सि–आस्बा मार्फत गर्नुपर्ने व्यवस्था बमोजिम लक्ष्मी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि सि–आस्बा सेवाको सुरुवात गरेको हो । बैंकबाट सि–आस्बा रजिष्ट्रेसन नम्बर प्राप्त गर्ने ग्राहकहरुले कुनैपनि शाखामा सम्पर्क राखी सो सेवा…