काठमाण्डु– विद्युत प्राधिकरण सञ्चालक समितिले लाइन काटिएका उद्योगहरूमा लाइन जोड्न विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले प्राधिकरणलाई लाइन काटिएका उद्योगहरूमा तत्काल लाइन जोड्न निर्देशन दिएको हो । बैठकले विद्युत महशुल नतिरेका उद्योगीलाई महशुत तिर्न तीन महिनाको समय दिने निर्णय पनि गरेको छ । निर्णय अनुसार ३ महिनाभित्र ६१ उद्योगले …