गाजाका बन्धकहरूलाई मुक्त गर्न इजरायले रिहाइका सर्तहरू मान्नुपर्छ– इजरायली रक्षामन्त्री

एजेन्सी– इजरायली रक्षामन्त्री योभ ग्यालेन्टले आइतबार गाजामा रहेका बन्धकहरूको रिहाइका लागि ‘पीडादायी रिहाइका सर्तहरू’ स्वीकार्नुपर्ने बताएका छन् । उनले सैन्य कारबाहीले मात्रै युद्धका उद्देश्यहरू प्राप्त गर्न पर्याप्त नहुने बताए । “सबै उद्देश्य सैन्य कारबाहीबाट मात्र हासिल गर्न सकिँदैन... हाम्रा बन्धकहरूलाई घर फर्काउने नैतिक कर्तव्य पूरा गर्न हामीले पीडादायी रिहाइका सर्तहरू स्वीकार्नु पर्नेछ”, उनले गत वर्ष अक्टोबर…