काठमाण्डु-इजरायल र हिजबुल्लाहबीच बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै अमेरिका, युरोपेली युनियन (इयु) र सहयोगी राष्ट्रहरूले तत्काल २१ दिने युद्धविरामको प्रस्ताव गरेका छन् । ११ सहयोगी राष्ट्रहरूले यस समस्याको समाधान खोज्न र गाजामा युद्धविराम गर्न प्रस्ताव गरेका छन् । अमेरिका, ईयू र सहयोगी राष्ट्रहरूले आफ्नो संयुक्त विज्ञप्तिमा यी देशहरू (इजरायल, लेबनान, प्यालेस्टाइन) बीचको दुश्मनी अहिले असह्य भएको…