मन्दिरको प्रसादमा गाई र सुँगुरको बोसो : वाईएसआरले तिरुमालालाई अपवित्र बनाएको मुख्यमन्त्रीको आरोप

एजेन्सी–  भारतको आन्ध्र प्रदेशको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पाइने लड्डुलाई लिएर विवाद बढ्दै गएको छ ।प्रसादको लड्डूमा जनावरको बोसो मिसाइएको दाबी गरिएको छ । यो विषयले अब राजनीतिक रंग समेत पाएको छ । मुख्यमन्त्री चन्द्रबाबु नायाडूले विगतको सरकारको समयमा तिरुमाला लड्डू बनाउन शुद्ध घ्यूको सट्टा जनावरको बोसो भएको घ्यू प्रयोग गरिने गरेको आरोप लगाएका छन्…