को बन्दैछ बङ्ग्लादेशको नयाँ प्रधानमन्त्री ?

काठमाण्डु-बङ्ग्लादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले तत्काल अन्तरिम सरकार गठन हुने र संसद् विघटन हुने बताएका छन् । गएराति विभिन्न देशका नेताहरुसँग छलफल पछि राष्ट्रपति शहाबुद्दीनले अन्तरिम सरकारले समयअगावै चुनाव गराउने प्रतिवद्धता गरेका छन् । राजनीतिक नेताहरूसँगको छलफलपछि विभेदविरोधी आन्दोलनका पीडितको सम्झनामा शोक प्रस्ताव पारित गरिएको छ । सबै दल र सरोकारवालासँग परामर्श गरेर बनेको अन्तरिम सरकारले…