एजेन्सी – कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्नका लागि इरानले करीब ५४ हजार कैदीलाई अस्थायी रुपमा रिहा गरेको छ । जुन जेलमा कैदीको संख्या अधिक रहेको छ र जेल भरिभराउ भएको छ त्यहाँ कोरोना भाइरसको संक्रमण रोक्नका लागि यो कदम उठाइएको हो । न्यायपालिकाका प्रवक्ता घोलममुसेन इस्माइलीले पत्रकारलाई जानकारी गराएका छन्, “यी कैदीहरुको जाँच गरिएको छ…