राष्ट्रपतीय दौडबाट किन पछि हटे जो बाइडन ?

काठमाण्डु–संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले राष्ट्रपतिको चुनावी दौडबाट बाहिरिएका छन् । उनले आफ्नो ठाउँमा डेमोक्रमेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका रूपमा उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सारेका छन् । ८१ वर्षीय बाइडनले एक लिखित विज्ञप्ति जारी गर्दै आइतवार राती आफ्नो पार्टी र देशको हितका लागि आफूले पुनः राष्ट्रपति बन्ने योजना त्याग गरेको बताए । उनले राष्ट्रपतिका रूपमा…