लन्डन – बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा फाइभ–जी नेटवर्कका लागि अनुमती दिने विषयमा स्वीकृति दिने संकेत गरेको फाइनान्शीयल टाइम्सले जनाएको छ । जोनसनमाथि वासिङटनबाट ठूलै दबाब देखिएको छ । यसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाब विशेष रहेको छ । अमेरिकाले कम्पनीले सुरक्षा खतरा बढाउने र अमेरिका–बेलायतबीचको जासुसी सेयरिङमा पनि चुनौती खडा हुन सक्ने जनाएको छ…