बंगलादेशमा दुई ट्रेन ठोक्कियो, १५ जनाको मृत्यु

एजेन्सी – बंगलादेशको ब्राह्मणबरिया जिल्लामा मंगलवार एकाबिहानै दुई यात्री ट्रेन ठोक्किँदा १५ जनाको मृत्यु भएको छ । सिल्हेतबाट चट्टोग्रामतिर गइरहेको उदयन एक्सप्रेस मोन्दोभाग रेलवे स्टेसनमा बिहान ३ बजेतिर ढाका गइरहेको टर्ना निशिता एक्सप्रेससँग ठोकिएको प्रहरीले जनाएको छ । उक्त ट्रेन दुर्घटनामा १२ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य ३ जनाको उपचारको क्रममा मृत्यु भएको अखौरा…