इन्डोनेसियामा गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार ५७१ पुग्यो

पालु, इन्डोनेसिया - इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १ हजार ५७१ पुगेको छ । इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरका एक हजारभन्दा बढी घर सुनामीका कारण डुबानमा परेको खोजी तथा उद्धार निकायका प्रवक्ता युसुफ लतिफले जानकारी दिए । भूकम्पमा फसेका व्यक्तिको जीवितै उद्धार गर्ने सम्भावना अब कम हुंदै…