अमेरिकी नेतृत्वमा सिरियामा हमला : बेलायत र फ्रान्सको साथ, रसिया र चीनको विरोध

काठमाडौ‌ - अमेरिका, बेलायत र फ्रान्सको सेनाले सिरियामा मिसाइल आक्रमण गरेका छन्। गत साता सिरियाको पूर्वी गुटामा गरिएको सन्दिग्ध रासायनिक हमलाको जवाफस्वरूप अमेरिकी नेतृत्वले शनिबार बिहानदेखि सिरियाविरुद्ध आक्रमण गरेको हो। संयुक्त सुरक्षा फौजले सिरियाली सैन्य अखडालाई निसाना बनाएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। सिरियामा सन् २०११ देखि चलिरहेको गृहयुद्धमा अमेरिकालगायत देश विद्रोहीको पक्षमा छन्…