अदालतद्वारा सलमान खानलाई जमानत

भारत- भारतको एक अदालतले सन् १९९८ मा दुर्लभ कृष्णसारको शिकार गरेकोमा दोषी ठहर गरिएका चर्चित भारतीय अभिनेता सलमान खानलाई जमानतमा रिहा गर्न अनुमति दिएको उहाँका वकीलले बताएका छन् । 'एक जना न्यायाधीसले जमानतका लागि स्वीकृति दिँदै हस्ताक्षर गरेका छन्' भारतीय सञ्चारमाध्यमसँग वकील महेश बोहोराले भने । 'सम्भवत उहाँ शनिबार नै जोधपुर जेलबाट छुट्नु हुनेछ ।'…