काठमाडौं – अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियालाई दवाब दिइरहनुपर्ने आवश्यकताबारे आफ्नो देश र दक्षिण कोरिया पूर्णत सहमत रहेको बताएका छन् । दक्षिण कोरियामा शीतकालीन ओलिम्पिक्सको उद्घघाटन समारोहमा सहभागी भएर स्वदेश फर्कने क्रममा बोल्दै उनले उक्त विषयमा दुई देशबीच ’कुनै मतभेद’ नरहेको बताए । पारमाणविक कार्यक्रमसम्बन्धी तनावका बावजुद शीतकालीन ओलिम्पिक्सले दुई कोरियाबीचको सम्बन्धमा केही सुधार…