अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राजधानी वाशिङ्टन डीसीमा एउटा ठूलो सैनिक परेडको आयोजना गर्न रक्षा मन्त्रालय पेन्टागनलाई अह्राएका छन् । गत वर्षको फ्रान्सको राष्ट्रिय दिवस ’बास्टिल डे’को परेडबाट प्रभावित बनेका ट्रम्पले उच्च सैनिक अधिकारीलाई अमेरिकामा पनि त्यस्तै गर्न आग्रह गरेको बताइएको छ । वाशिङ्टन डीसीमा सामान्यतया युद्धको अन्त्यतिर विजयको खुसियाली मनाउन मात्र सैनिक परेड आयोजना गरिन्छ…