विगतमा सफल अर्थमन्त्रीको छवि बनाएका वर्षमान पुनले बामगठबन्धको सरकारमा उर्जा मन्त्रालय सम्हालेका छन् । देश चरम लोडशेडिङको अवस्थाबाट मुक्त हुँदै गरेको अवस्थामा यसलाइ पूर्णरुपमा अन्त्य गरी देशलाइ उर्जाको क्षेत्रमा आत्मनिर्भर बनाउँदै वर्तमान आयातको अवस्थालाई निर्यात तर्फ डोयाउँदै पेट्रोलियम पदार्थको प्रतिस्थापन गर्ने सम्मको उर्जामन्त्रीको योजनामा विभिन्न चुनौती छन् । देशको ढुकुटीबाट बाहिरी रहेको खर्बौं रुपैयाँ स्वदेशमै…