काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक एवं प्रतिनिधिसभा सांसद पशुपतिशमशेर जबराले प्रत्येक व्यक्तिमा सबैभन्दा पहिला मुलुकप्रति इमान्दार रहने प्रतिबद्धताको खाँचो औल्याएका छन्। उनले राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र इमान्दार भएको खण्डमा प्राकृतिक स्रोत साधानले परिपूर्ण संसारकै सुन्दर देश नेपाललाई यहाँको अथाह जलस्रोत विकासका माध्यमद्वारा समुन्नत बनाउन सकिने बताए। पाँच दशकअघि राजनीतिमा प्रवेश गरेका जबरा सङ्घीय संसद्मा…