गठबन्धनभित्र आवाज उठे पनि यो सरकारले संसद विघटन गर्दैन: पुष्पा भुसाल (अन्तर्वार्ता)

काठमाण्डु- सत्ता गठबन्धनभित्र पछिल्लो समय ‘अर्ली इलेक्सन’ को विषयले प्रवेश गरेको छ । सत्ता गठबन्धनमा रहेका दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संसद विघटन गरेर ‘अर्ली इलेक्सन’ गर्नेबारे आवाज उठाएका हुन् । तमाम विराेध र दबाबकाबीच अमेरिकी अनुदान सहायता एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै गठबन्धनभित्र अर्ली इलेक्सन गर्नेबारे बहस सुरु भएको हो ।…