नेकपा अध्यक्ष प्रचण्ड र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौं -नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा भेटवार्ता गरेका छन् । भेटमा दुई देशबीचको सम्बन्ध, नेपालमा अमेरिकी लगानी, आपसी सहयोग र सहकार्यबारे छलफल भएको थियो । अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा अमेरिकी सरकार र जनताको महत्वपूर्ण भूमिका रहेको…