नेपाल–रुवाण्डा सम्बन्ध स्थापना

काठमाडौं–नेपाल र अफ्रिकी मुलुक रुवाण्डाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको बाह्य सम्बन्ध १६१ देशमा विस्तार भएको छ । कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्ताबेजमा शुक्रबार न्यूयोर्कमा आयोजित एक कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपाल र रुवाण्डाका स्थायी प्रतिनिधि क्रमशः दुर्गाप्रसाद भट्टराई र भ्यालेन्टाइन रुगाबिजाले हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै देशका राजदूतले…