भारतीय सांसद आजादले मिथिलालाई भारतमा मिसाउन भनेपछि कांग्रेसले यसरी गर्‍यो भर्त्सना

काठमाडौं– नेपाली कांग्रेसले भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले ट्वीटमार्फत् दिएको अभिव्यक्तिको भत्र्सना गर्दै नेपालीको स्वाभिमानमाथिको ठाडो हस्तक्षेप भएको ठहर गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण (वैशाख २८–२९ ) को क्रममा आजादले ट्वीटमार्फत मोदीलाई सम्बोधन गर्दै मिथिला (जानकी मन्दिरसहित जनकपुर क्षेत्र) भारतको भएको भन्दै फर्काउन भनेका थिए। उक्त अभिव्यक्तिको ब्यापक विरोध भइरहेका बेला…