अमेरिकी सीआईए प्रमुख र किमजोङबीचको ‘गोप्य वार्ता’ मा के भयो?

काठमाडौं– अमेरिका र उत्तर कोरियाबीच गोप्य वार्ता भएको खुलासा भएको छ। अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशक माइक पोम्पियो सुटुक्क उत्तर कोरियाको भ्रमणमा गएर त्यहाँका सर्वोच्च नेता किम जोङ उनलाई भेटेको खुलासा भएके हो। सीआईएका निर्देशक पोम्पियो इस्टर पर्वका बेला मार्च ३१ तथा अप्रिल १ मा उत्तर कोरियाको गोप्य भ्रमणमा गएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।…